गाउँपालिका अध्यक्ष र वडाध्यक्षमाथि शपथ अगावै भ्रष्टाचारको दाग

गाउँपालिका अध्यक्ष र वडाध्यक्षमाथि शपथ अगावै भ्रष्टाचारको दाग

कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्षमा निर्वाचित देवीदत्त उपाध्यायले आज पद तथा गोपनीयताको शपथ गर्न पाएनन् । निर्वाचन आयोगले उपाध्यायलाई शपथ नगराउन निर्देशन दिएपछि उनको शपथग्रहण कार्यक्रम रोकिएको हो ।

विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन रहेको भन्दै उनको शपथ रोकिएको हो । नेकपा माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्षमा निर्वाचित उपाध्यायमाथि यसअघि वडा नम्बर २ को वडाध्यक्ष रहेका बेला भ्रष्टाचारको मुद्दा दायर भएको बताइन्छ ।

सोही गाउँपालिकाको वडा नम्बर ३ का वडाध्यक्षको पनि शपथग्रहण रोकिएको छ । नेपाली काँग्रेसबाट वडाध्यक्षमा निर्वाचित नन्दराम गिरीविरुद्ध पनि भ्रष्टाचारसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले उक्त निर्देशन दिइएको आयोगले जानकारी दिएको छ ।

टिप्पणीहरू