विष्णु रिमालको गृहनगरमा काँग्रेस र माओवादी विजयी

विष्णु रिमालको गृहनगरमा काँग्रेस र माओवादी विजयी

नुवाकोटको सदरमुकाम विदुर नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका राजनलाल श्रेष्ठ र उपमेयरमा नेकपा माओवादी केन्द्रकी प्रभा बोगटी निर्वाचित भएका छन् ।

उनीहरुका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवारहरु भएका छन् । मेयरमा निवर्तमान सञ्जु पण्डित र उपमेयरमा अम्बिका पौडेल नेपाल पराजित भएका हुन् ।

यता एमाले सचिव तथा भूतपूर्व प्रधामन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालको वडा नम्बर १२ मा पनि माओवादीका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन् । उनले एमालेका उम्मेदवारलाई झण्डै दोब्बर मतले पराजित गरेका हुन् ।

टिप्पणीहरू