सरकारले भारतलाई देश बेच्न खोजेको भीम रावलको आरोप

सरकारले भारतलाई देश बेच्न खोजेको भीम रावलको आरोप

नेकपा एमालेका नेता डा. भीम रावलले वर्तमान सरकारले देश बेच्न खोजेको आरोप लगाउनुभएको छ । उहाँले संसद बैठकमा बोल्दै यसो भन्नुभएको हो ।

संसद बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतासम्बन्धी छलफलमा बोल्दै उहाँले राष्ट्रिय स्वार्थ र रणनीतिक महत्वका नदीनाला भारतलाई बेच्न सरकार लागिपरेको आरोप लगाउनुभयो ।

सोमवार सरकारले भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमणको क्रममा भारतसँग गरेको जलविद्युत सम्झौतातर्फ लक्षित गर्दै उहाँले उक्त आरोप लगाउनुभएको हो ।

टिप्पणीहरू