झापामा पहिलो महिला मेयर निर्वाचित

झापामा पहिलो महिला मेयर निर्वाचित

झापामा पहिलो महिला नगरप्रमुख निर्वाचित भएकी छन् । नेकपा एमालेकी उम्मेदवार पवित्रा महतारा प्रसाईंले गठबन्धनका उम्मेदवार कांग्रेसका भोजराज सिटौलालाई तीन हजार ७५८ मतान्तरले पराजित गर्दै बिर्तामोड नगरपालिकाको मेयर जितेकी हुन् ।

विजयी प्रसाईंले १६ हजार ५२० मत ल्याएर जित हात पार्दा सिटौलाले १२ हजार ७६२ मत पाए ।

उपमेयरमा एमालेकै नगेन्द्र संग्रौला निर्वाचित भएका छन् । उनले गठबन्धनका तर्फबाट माओवादी केन्द्रका चन्द्रप्रसाद (सीपी) कडरियालाई पराजित गरे ।

टिप्पणीहरू