पौने चार हजार भोट नगन्दै एमाले उम्मेदवारद्वारा मीनालाई शुभकामना

पौने चार हजार भोट नगन्दै एमाले उम्मेदवारद्वारा मीनालाई शुभकामना

नेकपा (एमाले) को तर्फबाट हेटौँडा उपमहानगरपालिकामा मेयर र उपमेयरका उम्मेदवारले हार स्वीकार गरेका छन् । चार हजार भोट गन्न बाँकी रहँदा गठबन्धनका उम्मेदवारहरुले फराकिलो अग्रता बनाएपछि उनीहरुले आफू पछि परेको स्वीकारेका हुन् ।

हेटौंडामा ७३ हजार ४१४ भोट खसेकोमा ६९ हजार ६ सय ९६ मत गणना गरिएको छ । तर, गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार बनेकी एकीकृत समाजवादीकी मीनाकुमारी लामाले २ हजार मतान्तरले अग्रता बनाएपछि एमालेका अनन्त पौडेलले हार मानेका हुन् ।

उपमेयरमा उम्मेदवारी दिएका नेपाली काङ्ग्रेसका राजेश बानियाँले मतगणना नसकिँदै आफ्नो जित सुनिश्चित गरेका छन् । अहिले हेटौंडा ९,१०,११,१२ र १३ नम्बर वडाको मतगणना जारी छ ।

एमालेबाट मेयरका उम्मेदवार पौडेल र उपमेयर उम्मेदवार सुमित्रा काफ्लेले मतगणनास्थलमै गएर बधाई दिएका हुन् ।

टिप्पणीहरू