सूर्यको झण्डा फहराउँदै दौडेको ट्याक्टर पल्टिएर कार्यकर्ता अस्पतालतिर
नेकपा एमालेको विजय जुलुसमा गएको ट्याक्टर दुर्घटनामा परेको छ ।
मोरङको सुनवर्षी नगरपालिका ६ मा विजय उत्सव मनाउन मान्छे राखेर लगिएको ट्याक्टर पल्टिएर एक जनाको मृत्यु हुनुका साथै केही घाइते भएका छन् । दुर्घटनामा परी घाइते भएका राजकुमार सरदारको उपचारक्रममा मृत्यु भएको हो । ४५ वर्षीय सरदारको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अन्य ६ जना घाइते छन् । घाइतेहरुको विराटनगर र रंगेलीमा उपचार भइरहेको बताइएको छ ।
टिप्पणीहरू