राजधानीमै बदर मत बग्रेल्ती

राजधानीमै बदर मत बग्रेल्ती

काठमाडौं महानगरपालिकामा मतगणना सुरु गरिएका वडामध्ये आठ वटा वडामा मतगणना कार्य सम्पन्न भइसकेको छ । जम्मा खसेको एक लाख ९१ हजार मतमध्ये अहिलेसम्म ७८ हजार तीन सय ६० मत गणना भइसकेको छ ।

तुलनात्मक रुपमा धेरै शिक्षित नागरिक बसोबास गर्ने भनिएको काठमाडौं महानगरमा झण्डै २० प्रतिशत मत बदर भएको देखिएको छ । यसबीचमा स्वतन्त्र उम्मेदवार बालेन साहले २९ हजार ५ सय ८२ अर्थात ३८ प्रतिशत मत पाएका छन् ।

एमालेका उम्मेदवार केशव स्थापितले १५ हजार नौ सय २१ अर्थात २० प्रतिशत र गठबन्धनकी साझा उम्मेदवार सिर्जना सिंहले १५ हजार १० अर्थात् १९ प्रतिशत भोट प्राप्त गरेकी छन् ।

हालसम्म नतिजा घोषणा भएका वडाहरुमध्ये एमालेले १,२,३,४,५, र ३२ नम्बर वडा गरि छ वटा वडामा अध्यक्ष जितेको छ । नेपाली काँग्रेसले २८ र ३० नम्बर वडामा मात्रै जित निकालेको छ ।

टिप्पणीहरू