प्रतिगमन परास्त भएको पुराना कम्युनिष्ट नेताको ठोकुवा

प्रतिगमन परास्त भएको पुराना कम्युनिष्ट नेताको ठोकुवा

नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले पाँचदलीय गठबन्धन संघ र प्रदेशको आगामी निर्वाचनसम्म जानुपर्ने बताएका छन् । गठबन्धन गरेर जाँदा प्रतिगामीको नेतृत्व गरेको एमालेको पहिलो शक्ति बन्ने सपना छिन्नभिन भएको उनको ठहर छ ।

आज जारी विज्ञप्तिमा सिंहले पाँचदलीय गठबन्धनको परिणामले प्रतिगामी शक्तिको हार हुने र आगामी संघ र प्रदेशको चुनावसम्म गठबन्धन बनाएर गएमा प्रतिगमन पराजित हुने बताएका हुन् ।

‘पाँचदलीय चुनावी तालमेलको कारणले चुनावमा एमालेलाई धेरै नै धक्का दिन सम्भव भएको छ, तर पाँच दलका विभिन्न पक्षमध्ये कतिपय पक्षद्वारा स्वयम् पाँचदलीय प्रतिवद्धतालाई लागू गर्न अपनाइएको ढुलमुल र अवसरवादी नीतिका कारणले प्रतिगमनविरुद्ध जति उपलब्धि प्राप्त हुन सक्दथ्यो, त्यो हुन नसकेको प्रष्ट छ,’जारी विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय चुनावको त्यसप्रकारको अनुभवको सही समीक्षा गरेर समयमा नै सुधार नगर्ने हो भने आगामी प्रदेश र संसदीय चुनावमा पनि प्रतिगमनलाई निस्तेज पार्न नसकिने भन्दै समीक्षा गर्न गठबन्धन दलहरुलाई आग्रहसमेत गरिएको छ ।

टिप्पणीहरू