दमौलीमा सरकारी छाप र दस्तखत किर्ते गर्ने पसल

दमौलीमा सरकारी छाप र दस्तखत किर्ते गर्ने पसल

सरकारी छाप र कर्मचारीको दस्तखत किर्ते गरेको आरोपमा एक जना समातिएका छन् । तनहुँको म्याग्दे गाउँपालिका ७ घर भएका २७ वर्षीय रुद्र गदाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका गदालले व्यास नगरपालिका २ कालिकामार्गमा ग्यालेक्सी कम्प्युटर एण्ड आइटी सेन्टर सञ्चालन गरेका छन् । उनलाई पसलबाटै प्रहरीले पक्राउ गरेको हो । कर्मचारीको दस्तखतलगायत किर्ते बनाउन प्रयोग भएको कम्प्युटरसमेत बरामद गरिएको छ ।

उनले वैदेशिक रोजगार न्यायाधिकरणको छाप तथा कर्मचारीको दस्तखत किर्ते गर्दै आएको प्रहरीको आशंका छ । उक्त छाप र दस्तखत उनले सक्कली बनाएर प्रयोग गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

उनीविरुद्ध सरकारी छाप र दस्तखत किर्ते मुद्दामा म्याद थप गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू