धरानमा पनि लौरोले लपेट्यो, वामपन्थी किल्लामा एमाले कम्जोर

धरानमा पनि लौरोले लपेट्यो, वामपन्थी किल्लामा एमाले कम्जोर

वामपन्थीको किल्ला मानिने पूर्वको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता फराकिलो बनाउँदै लागेका छन् । ठूला दलबाट उठेका बलिया उम्मेदवारलाई पछि पार्दै उनले अग्रता कायम राखेका हुन् ।

मत गणनाको पछिल्लो अपडेटअनुसार हर्कले सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईको भन्दा १२९७ मत बढी ल्याएका छन् । अहिलेसम्म गनिएको ३९ हजार ३५७ मध्ये उनले १२ हजार १५ मत प्राप्त गरिसकेका छन् । १० हजार ७१८ मतसहित किशोरले उनलाई पछ्याइरहेका छन् ।

उपमेयरमा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार अइन्द्रबिक्रम बेघाको सुरुआतदेखिकै अग्रता कायम नै छ । उनले १२ हजार ३७६ मत प्राप्त गरेका छन् भने एमालेका पदम इस्वो लिम्बुले ११ हजार ७६५ भोट पाएका छन् ।

अहिले धरानको वडा नं ११, १३ र १४ को मतगणना भैरहेको छ ।

टिप्पणीहरू