माओवादीका एक जना अध्यक्षको कारण अरुलाई अप्ठेरो

माओवादीका एक जना अध्यक्षको कारण अरुलाई अप्ठेरो

प्युठानको झिमरुक गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष पितबहादुर महतारा क्षेत्रीले पाँच वर्षसम्म कुनै सेवा र सुविधा नलिने बताएका छन् । आज पदको सपथ ग्रहणलगत्तै क्षेत्रीले आगामी कार्यकालमा सरकारी तलव–भत्ता र सुविधा नलिने घोषणा गरेका हुन् ।

महताराले भने, ‘म र परिवारको दैनिकी धान्न अहिले पनि समस्या छैन, मेरो तलब–भत्तावापतको रकम राज्यकोषमा जाओस्,अथवा कतै राम्रो कार्यमा लगानी होस् भनेर यस्तो घोषणा गरेको हुँ ।’

‘माओवादी पार्टीले जितेका प्रत्येक पालिकामा नमुना र जनमुखी काम गर्नुपर्छ भन्ने पार्टीको नीति रहेको,’ भन्दै उनले जनताको सेवामा सँधै लागिरहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

पूर्वशिक्षक तथा तत्कालीन बाँदिकोट गाविस अध्यक्षसमेत भइसकेका महतारा यस पटक राष्ट्रिय जनमोर्चाका टिकाबहादुर जीसीलाई पराजित गरेर माओवादी केन्द्रको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

टिप्पणीहरू