तिब्बत हेर्ने अमेरिकी उपविदेशमन्त्री एकछिनमा ओर्लँदै

तिब्बत हेर्ने अमेरिकी उपविदेशमन्त्री एकछिनमा ओर्लँदै

अमेरिकी उपविदेशमन्त्री उज्रा जियाको नयाँ दिल्लीबाट काठमाण्डौ आउने उडानमा ढिलाइ भएको छ । उहाँ सवा दुई बजे ओर्लने सेड्युल थियो । नागरिक सुरक्षा, प्रजातन्त्र तथा मानवअधिकारसम्बन्धी उपविदेशमन्त्री जिया तीन दिने नेपाल भ्रमणमा भारतको राजधानी नयाँ दिल्लीबाट आउन लाग्नुभएको हो ।

चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकी उपविदेशमन्त्री एअर इण्डियाको उडान नम्बर २१५ बाट काठमाडौंमा अवतरण गर्ने तयारी छ । टोलीमा अन्जली कौर,रियान फिओरेसी र र्यासेल स्मिथ छन् । कौर अमेरिकी विकास सहायता परियोजना युएसएआइडीकी उपसहायक प्रशासक हुन् । फिओरेसी र स्मिथ भने विशेष सहयोगी हुन् ।

अमेरिकी उच्चस्तरीय प्रतिनिधिमण्डललाई स्वागत गर्न अमेरिकी राजदूत र्याण्डी बेरी, दूतावासका डेपुटी चिफ अफ मिसन म्यानुअल पी मिकालेर जुनियर र मानवअधिकार अधिकृत क्रिस्टोफर एम होफम्यान विमानस्थल पुग्नुभएको छ ।

टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा,परराष्ट्रमन्त्री डा.नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाँणलगायत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने बताइएको छ ।

जिया अमेरिकी सरकारको तिब्बतसम्बन्धी मामिलाकी विशेष संयोजक पनि हुनुहुन्छ ।

टिप्पणीहरू