नक्कली आइडी भिरेर भोट गन्न गएका दुईजना च्याप्पै

नक्कली आइडी भिरेर भोट गन्न गएका दुईजना च्याप्पै

मतगणनामा उम्मेद्वारको नक्कली प्रतिनिधि बनेर गणनास्थलमा छिरेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरको मत गणनास्थलमा त्यसरी नक्कली प्रतिनिधि छिरेका हुन् ।

पक्राउ पर्नेहरुको प्रहरीले परिचय खुलाएको छैन । उनीहरू अनाधिकृत रुपमा गणनास्थलमा छिरेको बताइएको छ ।

समातिएका दुवैलाई जिल्ला प्रहरी कार्यालय काँस्कीमा राखिएको प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए । उनीहरू किन मतगणना भएको ठाउँमा गए भन्ने पनि खुलाइएको छैन ।

पोखरा महानगरमा अहिलेसम्म ६५ हजार ४६२ मत गणना सकिएको छ । जसमा सत्ता गठबन्धन उम्मेद्वारले अग्रता लिइरहेका छन् ।

टिप्पणीहरू