बादलको वडामा कांग्रेसका परमेश्वरको जित

बादलको वडामा कांग्रेसका परमेश्वरको जित

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वमाओवादी नेता रामबहादुर थापा बादलले मतदान गरेको वडामा नेपाली काँग्रेसका उम्मेदवारले वडाध्यक्ष जितेका छन् ।

भरतपुर महानगरपालिका-१० को वडाध्यक्षमा बादलको पार्टीका उम्मेदवारलाई हराएर काँग्रेसका परमेश्वर खनाल विजयी भएका हुन् । परमेश्वरले २४२८ मत प्राप्त गरी वडाध्यक्ष जित्दा एमालेका भक्तिप्रसाद गौतमले २१०१ मत ल्याए ।

परमेश्वर काँग्रेस चितवनका सभापति राजेश्वर खनालका सहोदर भाइ हुन् ।

वैशाख ३० गते भोट हाल्न काठमाडौँबाट चितवन पुगेका बेला माओवादी केन्द्रले भरतपुरमा चुनाव नजित्ने दाबी गरेका बादलले आफ्नै वडासमेत जोगाउन नसकेका हुन् ।

टिप्पणीहरू