लोकसेवा आयोगका सचिव एमालेको जुलुसमा

लोकसेवा आयोगका सचिव एमालेको जुलुसमा

निजामती कर्मचारीले कुनै पनि राजनीतिक दलसँग आवध्दता जनाउन नपाइने कानुन, नियम र निर्देशिका बनाइएको छ । ती सबै नियम र कानुन पालनाको अनुगमन गर्ने जिम्मा मूलतः लोकसेवा आयोगको हो ।

तर आयोगका ठूलाबडा नै राजनीतिक दलका कार्यक्रममा सक्रिय सहभागी भएपछि जनताले के आश गर्ने ? अहिले कास्कीको अन्नपूर्ण गाउँपालिकामा त्यस्तै दृश्य देखिएको छ ।

गण्डकी प्रदेश लोकसेवा आयोगका सचिव हुन् विनोदबहादुर कुँवर । उनै कुँवरले राजनीतिक दलको कार्यक्रममा सक्रिय सहभागिता जनाएका हुन् । उनको हाउभाउ, निधारको अबिरले उक्त फोटो अकस्मात भएको जम्काभेटमा खिचिएको हुँदै होइन भन्ने पक्का छ ।

कुँवरले एमालेको विजय जुलुसमा सहभागी भएर विजयी उम्मेदवारसँग निकै कसिलो अंगालोसहित फोटो खिचेको देखिन्छ । उनले निधारमा रातै हुनेगरि अबिर दलेका छन् ।

टिप्पणीहरू