मन्त्री रविन्द्रसङ्गै मारिनेका परिवारलाई १०/१० लाख

मन्त्री रविन्द्रसङ्गै मारिनेका परिवारलाई १०/१० लाख

तत्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीसँगै हेलिकप्टर दुर्घटनामा मारिएका निजामती कर्मचारीको परिवारलाई सरकारले आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । २०७५ फागुन १५ गते भएको उक्त दुर्घटनामा मारिएका उपसचिव युवराज दाहालसहित ३ जनाको परिवारलाई सरकारले १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको हो ।

उक्त दुर्घटनामा मन्त्री अधिकारी र दाहालसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा,नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, उपमहानिर्देशक ध्रुवदास भोछिभाया, मन्त्रीका निजी अंगरक्षक अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो ।

दाहाल तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयमा कार्यरत उपसचिव थिए ।

टिप्पणीहरू