बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सकियो

बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सकियो

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठक सकिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठक बिहान साढे नौ बजेदेखि शुरु भएर केही बेरअघि मात्र समाप्त भएको हो ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाँण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानुनमन्त्री गोविन्दप्रसाद शर्मा, परराष्ट्रमन्त्री नारायण खड्काले उपस्थिति जनाएका थिए ।

त्यसैगरी,महिलामन्त्री उमा रेग्मी, शिक्षामन्त्री देवेन्द्र पौडेल, पर्यटनमन्त्री प्रेम आले,मुख्यसचिव शंकरदास बैरागीलगायत झण्डै दुई दर्जनको सहभागिता रहेको थियो ।

टिप्पणीहरू