कलम कति वटा पालिकामा निर्वाचित ?

कलम कति वटा पालिकामा निर्वाचित ?

माधवकुमार नेपाल नेतृत्वको पार्टी नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकासहित हालसम्म १५ पालिकामा प्रमुखको स्थान बनाएको छ । त्यसैगरी,२० पालिकामा उपप्रमुख पद प्राप्त गरेको छ ।

भर्खरै हेटौंडामा मीना लामालाई मेयर बनाएको समाजवादीकी दुर्गा पुनले सल्यानको कपुरकोट गाँउपालिकामा प्रमुख जितेकी छन् । यता, कालिकोटको खाडाचक्र नगरपालिकामा कमल शाही, डोल्पाको छार्काताङसोङ गाँउपालिकामा सेनाङ गुरुङ आएका छन् ।

त्यसैगरी,डोल्पाको काइके गाँउपालिकामा अंगदकुमार राना, धादिङको धुनिवेशी नगरपालिकामा बालकृष्ण आचार्य, दोलखाको तामाकोशी गाँउपालिकामा द्रोणप्रताप केसी प्रमुखमा विजयी बनेका छन् ।

राजदेवी नगरपालिका रौतहटमा भिखारी यादव,उदयपुरगढी गाउँपालिकामा मानबहादुर केप्छाकी मगर,गौर नगरपालिका,रौतहटमा शम्भु साह,सखुवानान्कारकट्टी गाउँपालिका,सिरहामा केदारनाथ यादवले जितेका छन् ।

डोल्पाको डोल्पोबुद्द गाउँपालिकामा कर्मा छोवल गुरुङ,मुगुको सारु गाँउपालिकामा धर्मबहादुर शाही, कैलालीको घोडाघोडी नगरपालिकामा खडक रावत,काभ्रेको मण्डनदेउपुरमा टोकबहादुर वाइबा भारि मतका साथ विजयी बनेका हुन् ।

त्यस्तै,धर्मबहादुर अर्याल धादिङको ज्वालामुखी गाँउपालिका उपप्रमुख बनेका छन् । सिन्धुपाल्चोकको चौतारा साँगाचौकगढी नगरपालिकामा सीता थापा, बझाङको बुङ्गल नगरपालिकामा धनबहादुर बोहरा,इलामको सन्दकपुर गाँउपालिकामा हरिबहादुर लोहनीले जित हासिल गरेका छन् ।

मेरिङदेन गाँउपालिका,ताप्लेजुङमा दुर्गाहाङ चोङहाङ,नौमुले गाँउपालिका,दैलेखमा गंगाबहादुर शाही,बाराहीपोखरी गाँउपालिका, खोटाङमा भुवलराज राई, सभापोखरी गाँउपालिका, संखुवासभामा लक्ष्मी चापागाई, मादी गाउँपालिका,कास्कीमा देवीजंग गुरुङ निर्वाचित भएका छन् ।

अन्य निर्वाचित हुनेमा पाँचखपन नगरपालिका,संखुवासभाबाट सुमुना श्रेष्ठ,राजदेवी नगरपालिका, रौतहटबाट राजकुमारी साह, बेनीघाट रोराङ गाउँपालिका,धादिङबाट टापबहादुर श्रेष्ठ,रामारोशन गाउँपालिका,अछामबाट ताराप्रसाद खनाल रहेका छन् ।

उता,बझाङको छबिसपाथिभेरा गाँउपालिकामा लछिमन बोहरा, डोल्पोबुद्द गाँउपालिकामा पेम्मा धोर्चे गुरुङ,सप्तरीको शम्भुनाथ नगरपालिकामा अनिताकुमारी चौधरी,हुम्लाको चन्खेली गाँउपालिकामा प्रेमकला शाही,रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा बिमलकुमार पुन र कालिकोटको रासकोट लमज नगरपालिकामा मणिराज बराल निर्वाचित भएका हुन् ।

टिप्पणीहरू