हेटौंडाका पाँच उम्मेदवारलाई शून्य भोट

हेटौंडाका पाँच उम्मेदवारलाई शून्य भोट

हेटौंडा उपमहानगरपालिकामा वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका ५ जनाले शून्य भोट पाएका छन् । उम्मेदवार आफैँले आफैंलाई समेत भोट नहालेको पाइएको हो ।

हेटौंडाको १९ वटा वडामध्ये १३ वटा वडाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । जसमा ७ वटा वडामा नेपाली कांग्रेस र ६ मा एमाले विजयी भएको छ । तर, ५ जना स्वतन्त्रबाट वडाध्यक्षका उम्मेदवारले शून्य मत पाउँदा ३ जनाले एक-एक मत मात्रै पाएका छन् ।

स्वतन्त्रबाट वडा नम्बर २ का उम्मेदवार रमेश बहादुर थिङ, ६ का शिवप्रसाद गौतम, १५ का कृष्णलाल स्याङतान, प्रेमबहादुर भोमजन र १८ का युवराज खड्काले एक मत पनि ल्याउन नसकेका हुन् । स्वतन्त्रबाट हेटौंडा–१५ बीरबहादुर थिङ, हेटौंडा–१६ का निरन्जनप्रसाद दहाल र हेटौंडा १९ का रत्न बहादुर भ्लोनले एक-एक मत मात्र ल्याएका छन् ।

टिप्पणीहरू