मुख्यमन्त्रीकी पत्नीले उपाध्यक्ष हारिन्

मुख्यमन्त्रीकी पत्नीले उपाध्यक्ष हारिन्

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकी पत्नी जलेखा खातुन उपाध्यक्षमा हारेकी छन् । जसपाबाट उम्मेदवार बनेकी खातुन पर्साको जगरनाथपुर गाउँपालिकाको उपाध्यक्षमा पराजित भएकी हुन् ।

गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेसकी बविता सिंह निर्वाचित भएकी छन् । उनले ५ हजार ५३१ मत ल्याएर निर्वाचित हुँदा एमालेकी मिरादेवी कुर्मीले ३ हजार ३४५ भोट पाइन् । जसपाकी खातुनले मात्र ३ हजार १२३ मत ल्याईन् ।

गाउँपालिका अध्यक्षमा पनि काँग्रेसकै श्रीकान्त यादव ५ हजार ७४९ मत ल्याएर विजयी भएका छन् । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका महमद सलिम मंसुरले ३ हजार ९२६ र जसपाका कृष्णमोहन प्रसाद यादव ३ हजार ४४७ मत ल्याए ।

टिप्पणीहरू