बालेनका दाइकी छोरी जन्मिँदा कुरो अर्कै

बालेनका दाइकी छोरी जन्मिँदा कुरो अर्कै

काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बनेका बालेन साहले मतगणनाको प्रारम्भदेखि नै अग्रता लिएका छन् । उनले अहिले झन् फराकिलो अन्तर बनाएपछि थप चर्चामा आएका हुन् । त्यहि बीचमा उनकी श्रीमतीले छोरीलाई जन्म दिएको खबर एकैछिनमा सर्वत्र भाइरल भयो ।

कतिपयले सामाजिक सञ्जालमा बालेन र उनकी श्रीमती सविना काफ्लेको तस्बिर राखेर शुभकामनासमेत दिए । कतिले यसलाई बालेनको चुनावी प्रतिस्पर्धामा शुभ संकेतको रुपमासमेत अर्थ्याएको पाइयो । तर, यसको वास्तविकता भने अर्कै थियो ।

बालेनको नभएर दाइ कौशलकी छोरी जन्मेको भने सत्य हो । एक जना सञ्चारकर्मीले बालेनलाई फोन गर्दा उनले ‘छोरी जन्मिएकाले म हस्पिटलमा छु’ भनेर जवाफ दिएकाले त्यसपछि समाचार बनेको थियो ।

टिप्पणीहरू