ललितपुरको महालक्ष्मी नगरपालिकामा एमाले अगाडि, गठबन्धन पछाडि
ललितपुरको महालक्ष्मी नगरपालिकामा एमालेका उम्मेदवारले मेयर र उपमेयरमा अग्रता कायम राखेका छन् । आज साँझसम्म भएको १६ हजार १९२ मतमध्ये मेयरमा एमालेका उम्मेदवारले पाँच हजार १७३ मत प्राप्त गरेका छन् ।
मेयरमा नेकपा माओवादी केन्द्रले तीन हजार ४०, नेकपा एकीकृत समाजवादीले दुई हजार ९७ र राप्रपाले २०७९ मत प्राप्त गरेका हुन् ।
त्यसैगरि उपमेयरमा एमालेले छ हजार ७९, नेपाली काँग्रेसले चार हजार ५१५ र राप्रपाले एक हजार ८२७ मत प्राप्त गरेका छन् ।
उक्त नगरपालिकाको १, २, ३, ४, ९ र १० नम्बर वडाको मतगणना भइसकेको छ । अहिले वडा नम्बर ५ र ८ को मतगणना भइरहेको छ । वडा नम्बर ६ र ७ को मत गन्न बाँकी छ ।
महालक्ष्मीमा नेपाली काँग्रेस र माओवादी केन्द्रबीच मात्र गठबन्धन भएको हो । नेकपा एकीकृत समाजवादीले एक्लै उम्मेदवार उठाएको छ ।
टिप्पणीहरू