बुटवलमा प्रेसर कुकर बम पड्काउनेहरु पनि माओवादी नै हुन् : प्रहरी

बुटवलमा प्रेसर कुकर बम पड्काउनेहरु पनि माओवादी नै हुन् : प्रहरी

निर्वाचनको अघिल्लो राति बुटवलमा प्रेसर कुकर बम विस्फोट गराइएको थियो । यता काठमाडौंको नयाँ बानेश्वरमा पनि ३० गते बिहान ३ बजे विस्फोट भएको थियो ।

बुटवलको मिलनचोकमा प्रेसर कुकर बम पड्काएको आरोपमा नेकपा माओवादीका नेताहरु प्रक्राउ परेका छन् । प्रहरीका अनुसार त्यो दिन बम पड्काउने एक जना पार्टी महासचिव हुन् ।

नेकपा माओवादीका महासचिव सुरेश खनालको नेतृत्वमा केन्द्रीय सदस्य फणिन्द्र गर्तौला र गोर्खा जिल्ला इञ्चार्ज शुक्रकुमार श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता काठमाडौंमा बम विस्फोट गराएर भागेका दुई जनालाई पनि प्रहरीले यसअघि नै पक्रेको छ ।

टिप्पणीहरू