मतगणनापछि किन माग्यो निर्वाचन आयोगले मतदान अधिकृत र कर्मचारीको विवरण ?

मतगणनापछि किन माग्यो निर्वाचन आयोगले मतदान अधिकृत र कर्मचारीको विवरण ?

वैशाख ३० गते सम्पन्न स्थानीय तहमध्ये ८० प्रतिशतभन्दा बढी तहको निर्वाचनको परिणाम आइसकेको छ । थप १० प्रतिशतको भोलि बिहानसम्म मतणना परिणाम आउने जानकारी दिइएको छ ।

तर यसबीच आयोगले निर्वाचन सम्पन्न गर्ने क्रममा स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ तथा स्थानीय तह निर्वाचन निर्देशिका विपरीत गतिविधि गर्ने मतदान अधिकृत तथा अन्य कर्मचारीहरूको विवरण माग गरेको छ ।

धेरै ठाउँमा निर्देशिकाबमोेजिम कार्य सम्पन्न नगरेका कारण मतगणनामा समस्या आएकाले उनीहरुलाई नियमानुसारको कारवाही प्रक्रिया अघि बढाउन विवरण मागिएको स्रोतको दाबी छ ।

पछिल्ला दिनमा मतगणना प्रक्रियामा मुचुल्का र मतपेटिकामा रहेको मतपत्रको संख्या फरक परेपछि धेरै ठाउँमा निर्वाचनको परिणाम घोषणा गर्न समस्या परेको हो ।

टिप्पणीहरू