अबदेखि परराष्ट्रले छुट्टै दिवस मनाउने

अबदेखि परराष्ट्रले छुट्टै दिवस मनाउने

नेपालले यो वर्ष परराष्ट्र दिवस मनाउन लागेको छ । परराष्ट्र मन्त्रालयले हरेक वर्ष जेठ १० गते परराष्ट्र सेवा दिवस मनाउन लागेको हो । नेपाल वैदेशिक सेवा (गठन र श्रेणी विभाजन) नियमहरु, २०१८ को तर्जुमा भई नेपाल राजपत्रमा प्रकाशित भएको दिन वि.सं. २०१८ जेठ १० गतेको संस्मरणमा दिवस मनाउन लागिएको हो ।

मन्त्रालयले आगामी मंगलबार पहिलोपटक उक्त दिवस मनाउन लागेको जानकारी दिएको छ । मन्त्रालयको त्रिपुरेश्वरस्थित बहुउद्देश्यीय भवनमा औपचारिक कार्यक्रम गर्न लागिएको हो ।

कार्यक्रममा वि.सं. २०१८ र त्यसअघि मन्त्रालयमा सेवा गरेका अग्रज कर्मचारीलाई सम्मान गरिने मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू