‘किसानलाई पनि पेन्सनको व्यवस्था गरियोस्’

‘किसानलाई पनि पेन्सनको व्यवस्था गरियोस्’

किसानलाई पनि योगदानमा आधारित पेन्सन (निवृत्तिभरण) को व्यवस्था गर्न माग गरिएको छ । आजको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०७९÷८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा सहभागी बिहीबार सहभागी भएकी माओवादी केन्द्रकी सांसद कमला रोकाले किसानलाई पेन्सनको व्यवस्था गर्न माग गरेकी हुन् ।

किसानलाई योगदानमा आधारित पेन्सनको व्यवस्था गर्नुपर्ने बताउँदै उनले किसानमैत्री र हितका लागि कार्यक्रम ल्याउनुपर्ने बताइन् । उक्त छलफलमा सहभागी अधिकांश सांसदले कृषिमा आधुनिकीकरण र यान्त्रिकरण गर्नुपर्नेमा जोड दिएका छन् ।

किसानले उब्जाएको वस्तुको न्यूनतम मूल्य पनि सरकारले तोक्नुपर्नेमा जोड दिएका सांसदहरुले कृषिलाई आधुनिकीकरण र यान्त्रिकरण नगरी देश समृद्ध नहुने बताएका छन् ।र सात सय ३२ मत ल्याएकी छन् ।

टिप्पणीहरू