१ नम्बर प्रदेशमा पनि एमाले खुम्चियो

१ नम्बर प्रदेशमा पनि एमाले खुम्चियो

१ नम्बर प्रदेशमा हालसम्म १०५ पालिकाको मतपरिणाम आइसकेको छ । त्यहाँ अब ३२ पालिकाको मत परिणाम आउन बाँकी छ ।

पछिल्लो जानकारी अनुसार उक्त प्रदेशमा उदयपुर, इलाम, मोरङ, सुनसरी र झापाबाहेक नौ वटा जिल्लाका सबै पालिकाको मतगणना भइसकेको छ ।

बाँकी रहेकामा इलामका २, उदयपुरका २, मोरङका ९, सुनसरीका ९ र झापाका १० तहको परिणाम आउन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रदेश १ मा हालसम्मको मतपरिणामअनुसार नेपाली काँग्रेस ५३ स्थानमा जीत निकाल्दै पहिलो र एमाले ३४ स्थानमा जितेर दोस्रो बनेको छ । अघिल्लो चुनावमा प्रदेश १ मा सबैभन्दा बढी ६९ स्थानीय तह जितेर पहिलो बनेको एमाले १०५ पालिकाको मतगणना सकिँदासम्म दोस्रो स्थानमा छ ।

माओवादी केन्द्र १२, जनता समाजवादी २, राप्रपा १, नेकपा एकीकृत समाजवादी १ र स्वतन्त्र उम्मेदवारले २ पालिका जितेका छन् ।

टिप्पणीहरू