बुद्धजयन्ती संसारभरि, संस्कार अनेक थरि (फोटो फिचर)

बुद्धजयन्ती संसारभरि, संस्कार अनेक थरि (फोटो फिचर)

वैशाख पूर्णिमाको दिन नेपालमा धुमधामका साथ बुद्धजयन्ती मनाइयो । नेपालको ठूलो बुद्धिस्ट स्तुपा,मन्दिर र मठहरु जस्तै स्वयम्भू, बौद्ध,नमोबुद्ध लगायतका स्थानमा पूजा-अर्चना,दीप प्रज्वलन साथै नाचगानसहित बुद्धजयन्ती मनाइयो।

उता भारत र इन्डोनेसियामा भने यो दिनलाई वेसाक (बैशाख) पर्वको रुपमा मनाइयो ।

भारतको अगरतलामा बुद्धको मूर्तिमा जल चढाएर बुद्धधर्मावलम्बीहरुले भगवान बुद्धलाई सम्झे भने उता इन्डोनेसियाको मध्य जाभामा अवस्थित मागेलाङका बुद्धधर्मावलम्बीहरुले चाहिँ हजारौं दीप प्रज्वलन गर्दै कागजको लालटिनमा राखेर आकाशमा उडाउँदै मनाए ।

श्रोत: सिन्ह्वा

टिप्पणीहरू