मेक्सिकोदेखि अमेरिकासम्म लागुऔषध ओसार्ने सुरुङ्ग भेटियो (भिडियो सहित)

मेक्सिकोदेखि अमेरिकासम्म लागुऔषध ओसार्ने सुरुङ्ग भेटियो (भिडियो सहित)

अमेरिकी सीमा अधिकारीहरूले मेक्सिकोको तिजुआना देखि अमेरिकाको सान डिएगो जोड्ने १७०० फिट लामो सुरुङ फेला पारेका छन् । यो सीमापार सुरुङ्गको बाटो लागुऔषध तस्करहरुले प्रयोग गर्ने गरेको तथ्य खुलाइएको छ ।

यसक्रममा २५ मिलियन डलर बराबरको लागुपदार्थ जफत गरिएको छ भने छ जना पक्राउ परेको जनाइएको छ। जफत गरिएका लागुपदार्थमा १ हजार ७ सय ६२ पाउण्ड कोकिन, १ सय ६५ पाउण्ड मेथ (methamphetamine ) र ३ दशमलव ५ पाउण्ड हेरोइन रहेको जनाइएको छ। सन् २००६ यता पत्ता लागेको यो १५ औं सुरुङ हो।

श्रोत: rtnews , bbc तथा विभिन्न एजेन्सी

टिप्पणीहरू