२४ वर्षे युवक पेस्तोलसहित समातिए

२४ वर्षे युवक पेस्तोलसहित समातिए

सप्तरीमा हतियारसहित एक युवक पक्राउ परेका छन् । हनुमाननगर कंकालिनी नगरपालिका वडा नं–१ सारदह नजिकैको कोशी व्यारेजबाट उनी समातिएका हुन् ।

पक्राउ पर्नेमा सोही नगरपालिका वडा नं १ का २४ वर्षीय रन्जिन मण्डल रहेका छन् । विशेष सूचनाका आधारमा सप्तरी तथा सारदह बेशबाट खटिएको सशस्त्र प्रहरी बलको टोलीले मण्डललाई १ थान ब्राउनिङ पेस्तोलसहित एकछिन अघि मात्र नियन्त्रणमा लिएको हो ।

उनको साथबाट ६ थान राउण्ड गोलीसमेत बरामद भएको छ । हाल उनलाई सशस्त्र प्रहरी बल नं ६ गणतिर लगिएको छ ।

उनलाई थप अनुसन्धानको लागि प्रहरीलाई बुझाउने प्रक्रिया अघि सारिएको सशस्त्रले जनाएको छ ।

टिप्पणीहरू