जुत्ताभित्र लुकाएर ल्याएको सुन काँकडभिट्टामा च्यापै

जुत्ताभित्र लुकाएर ल्याएको सुन काँकडभिट्टामा च्यापै

भारतबाट जुत्ताभित्र सुन लुकाएर ल्याउने एक नेपालीलाई काँकडभिट्टा प्रहरीले पक्रेको छ । कैलाली जानकी गाउँपालिका-५ घर भएका ३३ वर्षीय धिरेन्द्र जैसी हिजो सुनसहित समातिएका हुन् ।

झापा दमक नगरपालिका-२ बस्ने जैसीले अवैध रुपमा लुकाई ल्याएको ३४९ ग्राम ७ सय मिलिग्राम सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुल अगाडि सडकमा पैदल हिँडिरहेका उनलाई काँकरभिट्टा प्रहरीले जाँच गर्नेक्रममा सुन फेला परेपछि समातेको । जैसीलाई आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय झापामा बुझाइएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू