एमालेलाई अध्यक्ष ओलीकै शहरमा आच्छुआच्छु

एमालेलाई अध्यक्ष ओलीकै शहरमा आच्छुआच्छु

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापामा राप्रपाका मेयर उम्मेदवारले अग्रता लिएका छन् । राप्रपा उम्मेदवार राम थापाले १२ हजार ७४४ मत ल्याएका छन् ।

एमाले उम्मेदवार गीताकुमारी पौडेल अधिकारीले पनि १२ हजार ६०९ मत पाएकी छन् ।

उपमेयरमा एमालेका अम्बिकाप्रसाद खनालले १२ हजार ४८४ मत ल्याउँदा काँग्रेस उम्मेदवार रेगिना भट्टराईले १२ हजार ४०६ मत पाएकी छन् ।

दमक नगरपालिकामा सत्ता गठबन्धनसँगै राप्रपा पनि एमालेविरुद्धको गठबन्धनमा सामेल छ ।

टिप्पणीहरू