कलमले कति पालिकामा बाजी मार्यो ?

कलमले कति पालिकामा बाजी मार्यो ?

माधव नेपाल नेतृत्वको पार्टी नेकपा एकीकृत समाजवादीले सबै प्रदेशमा थोरै उम्मेदवार उठाएपनि ठीकै उपस्थिति देखाएको छ । उपमेयर या उपाध्यक्ष पाएको ठाउँमा गठबन्धनबाट सन्तोषजनक मत नपाएको उसले पोखरा र हेटौंडामा भने बिजयको खाता खोल्न लागेको देखिँदैछ ।

निर्वाचन आयोगका अनुसार नेकपा एसले नौ पालिकाको प्रमुखमा आफ्नो स्थान बनाएको छ । त्यसैगरी,१४ वटा पालिकामा उपप्रमुख हात पारेको छ ।

समाजवादीले दुई सय ६८ वटा वडाध्यक्ष जितेको छ । उता, एक हजार २३७ वटा वडा सदस्यमा पनि नेकपा एसकै उम्मेदवारले विजय हासिल गरेका छन् ।

टिप्पणीहरू