असोजमा टी–२० लिग हुने

असोजमा टी–२० लिग हुने

आगामी असोज ८ गतेबाट नेपाल टी–२० लिग हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले लिग आयोजना गर्न लागेको हो ।

सेप्टेम्बर २४ मा सुरु भएर अक्टोबर २२ मा उक्त प्रतियोगिता सकिने क्यानले जनाएको छ । प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

आगामी १५ दिनभित्र सहभागी टोली र अन्य विवरण सार्वजनिक गरिने क्यानले जानकारी दिएको हो । प्रतियोगिता आयोजना गर्ने भारतीय कम्पनी सेभेनथ्री स्पोर्ट्सलाई जिम्मा दिइएको छ ।

प्रतियोगितालाई यसअघि नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मान्यता दिइसकेको छ । यो प्रतियोगिता नेपालकै लागि ऐतिहासिक हुने जनाइएको छ ।

टिप्पणीहरू