झण्डै डेढ करोड अमेरिकी बालबालिकामा कोरोना संक्रमण

झण्डै डेढ करोड अमेरिकी बालबालिकामा कोरोना संक्रमण

संयुक्त राज्य अमेरिकामा १ करोड ३२ लाखबढी बालबालिका कोभिड १९ बाट संक्रमित भएका छन् । ‘अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स’को पछिल्लो तथ्याङ्कअनुसार १ करोड ३२ लाख अमेरिकी बालबालिका कोभिड १९ बाट संक्रमित भएको पाइएको हो ।

अमेरिकी बालबालिकामा पछिल्लो समयमा कोभिड संक्रमण तीब्र रुपमा बढ्दो छ । पछिल्लो एक महिनामा कम्तीमा साढे दुई लाख बालबालिकामा संक्रमण देखिएको हो ।

स्रोत : सिन्ह्वा

टिप्पणीहरू