प्रधानमन्त्री चढेको जहाजमा ३६ जना

प्रधानमन्त्री चढेको जहाजमा ३६ जना

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा गत आइतबार लुम्बिनी गएका अधिकांश उच्चपदस्थ अधिकारीहरु अस्ति र हिजो काठमाडौं फर्केका छन् ।

हिजो प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली सेनाको कासा जहाज एनए ०६२ मा भैरहवाबाट काठमाडौं आउनुभएको हो । बिहान १० बजे काठमाडौं आइपुगेको टोलीमा ३६ जना थिए ।

प्रधानमन्त्रीसँगै गृहमन्त्री बालकृष्ण खाँण, उर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाल, कानुनमन्त्री गोविन्दप्रसाद शर्मालगायतका अधिकारीहरु राजधानी आएका हुन् ।

टिप्पणीहरू