५ वर्षीया नाबालिकामाथि ६१ वर्षेको पाशविक व्यवहार

५ वर्षीया नाबालिकामाथि ६१ वर्षेको पाशविक व्यवहार

स्याङ्जामा पाँच वर्षीया नाबालिका बलात्कृत भएकी छिन् । हजुरबुबा समानको व्यक्तिले बालिकालाई बलात्कार गरेका हुन् । तनहुँको शुक्लागण्डकी नगरपालिका ११ घर भएका ६१ वर्षीय होमबहादुर विकले ललाईफकाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

हरिनास गाँउपालिका ४ राम्चेस्थित नातेदारको घरमा पाहुना लाग्न आएका विकले बालिकालाई नजिकैको चौतारीमा बलात्कार गरेका हुन् । इलाका प्रहरी कार्यालय, चिसापानी र प्रहरी चौकी चित्रेभञ्ज्याङबाट खटिएको टोलीले विकलाई आज बिहान पक्राउ गरेको हो ।

टिप्पणीहरू