कोही मन्त्री इस्तानबुलतिर,कोही दोहातर्फ

कोही मन्त्री इस्तानबुलतिर,कोही दोहातर्फ

प्रस्तावित राजदूतहरुको सुनुवाइनिम्ति हिजो बुद्ध एयरको उडानमा सिमराबाट पूर्वमन्त्री लक्ष्मणलाल कर्ण बिहान ७ बजे काठमाण्डौ आउनुभएको छ । हिजै टर्किस एअरको उडानमा नेपाली काँग्रेसका नेता तथा पूर्व रक्षामन्त्री भीमसेन दास प्रधान बिहान सवा ८ बजे इस्तानबुल जानुभएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया पनि हिजो बिहान ९ बजे मतगणनाको स्थिति बुझ्न धरान र विराटनगर जानुभएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरी पनि हिजै विदेश जानुभएको छ । उहाँ कतार एअरवेजको उडानमा बिहान ११ बजे दोहातर्फ प्रस्थान गर्नुभएको विमानस्थल स्रोतले बताएको छ ।

पूर्व गृहमन्त्री बुद्धिमान तामाङ पाँच जना सदस्य रहेको टोली बोकेर हिजो दिउँसो धादिङको रुबीभ्याली गाउँपालिका पुग्नुभयो । उहाँ मुस्ताङ हेलिकप्टरमा त्यहाँ जानुभएको हो । हिजै बंगलादेशका राजदूत सलाउद्धिन नोमान चौधरी र बंगलादेशको जातीय संसदका सदस्य असादुजमान नुर दिउँसो साढे १२ बजे विमान बंगलादेशको उडानबाट ढाका प्रस्थान गर्नुभएको छ ।

विश्व बैंकका नेपाल प्रतिनिधि हिजो श्रीलंकन एअरलाइन्सको उडानबाट कोलम्बो पुगेका छन् । फारिस हैजर हान्दाद जर्वोस दिउँसो साढे ३ बजे काठमाडौंबाट प्रस्थान गरेका हुन् ।

बुद्ध एयरको उडानमा काठमाडौंबाट पूर्व पर्यटन मन्त्री जितेन्द्रनारायण देव साढे २ बजे राजविराज जानुभएको छ । पूर्व माननीय एकवाल मियाँ बुद्ध एअरको उडानमा सिमराबाट साँझ साँढे पाँच बजे काठमाडौं आउनुभएको छ ।

प्रधानसेनापति प्रभुराम शर्मा ११ सदस्यीय टोली लिएर हिजो साँझ भैरहवाबाट काठमाडौं आउनुभएको छ । उता युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, पूर्वमन्त्री शक्तिबहादुर बस्नेत र निर्वाचन आयुक्त सगुन समशेर राणा यति एयरलाइन्सको उडानमा हिजो साँझ ७ बजे काठमाडौं फर्कनुभएको छ ।

टिप्पणीहरू