मतान्तर घटाउँदै रेणु, सुवेदीलाई २० भोट बढी

मतान्तर घटाउँदै रेणु, सुवेदीलाई २० भोट बढी

भरतपुर महानगरपालिकामा १४ हजार ५३० भोट गनिसक्दा मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २० मतको अग्रता लिएका छन् ।

पछिल्लो क्रममा गठबन्धनकी उम्मेदवार रेणु दाहालले मत अन्तर कम गराएकी छिन् । सुवेदीले ४ हजार ८८९ मत ल्याउँदा रेनुले ४ हजार ८६९ मत ल्याएकी छिन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार २५१ मत ल्याएका छन् ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ५ हजार ८३१ मतसहित अग्रता कायमै राखेका छन् । राप्रपाकी हिमला गुरुङले ३ हजार ९०६ मत ल्याएकी छिन् ।

टिप्पणीहरू