अजयमेरुमा माओवादी र कांग्रेस विजयी

अजयमेरुमा माओवादी र कांग्रेस विजयी

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिकाको अध्यक्षमा र नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा माओवादी केन्द्रका उमेशप्रसाद भट्ट र उपाध्यक्षमा नेपाली कांग्रेसकी बसन्ती पाल निर्वाचित भएका हुन् । नेकपा एमालेका उम्मेदवार पदम पाललाई हराउँदै माओवादीका भट्ट र माओवादी केन्द्रकी उम्मेदवार कलावती भाणलाई पछि पार्दै कांग्रेसकी पाल विजयी भइन् ।

अध्यक्षमा निर्वाचित भट्टले २४६९ मत ल्याए । उनका प्रतिद्वन्द्वी पालले २२९७ मत पाए । यी दुईबीचको मतान्तर १७२ रहेको छ । यस्तै, नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार टेकराज पाण्डेयले १९८१ मत पाए । उपाध्यक्षमा कांग्रेसकी पालले २५६५ मत ल्याइन् भने उनकी प्रतिद्वन्द्वी माओवादी केन्द्रकी भाणले २३०९ मत पाइन् । यी दुईबीचको मतान्तर २५६ रहेको छ ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा पनि माओवादी केन्द्रका भट्ट नै विजयी भएका थिए । यहाँ बिपी कांग्रेस र एमालेको गठबन्धन छ ।

टिप्पणीहरू