काठमाडौंको लकडाउन हल्का बनाउने तयारी

काठमाडौंको लकडाउन हल्का बनाउने तयारी 

पूर्वनिर्धारित लकडाउनको मिति (वैशाख २५) सम्म काठमाडौं उपत्यकामा कुनै नयाँ संक्रमित भेटिएन भने राजधानीवासीका निम्ति खुशीको खबर छ, घरमै लकडाउन हुनु नपर्ने ।

यदि यस्तो निर्णय भएछ भने पनि उपत्यका छिर्ने नाका भने कठोरतासाथ कडाई गरिने भएको छ । सार्वजनिक जमघटस्थल र सार्वजनिक यातायातमाथि भने नियन्त्रणको नीति लिइने भएको कोरोना नियन्त्रण उच्चस्तरीय समितिस्रोतले जनाएको छ । तर, अत्यावश्यक स्वास्थ्य तथा दैनिक उपभोग्य सामाग्रीका बिक्रीस्थल भने खुला रहने स्रोतले जनायो ।

यो भनेको चैत ११ मा घोषित लकडाउनपूर्वको स्थित काठमाडौंमा हुने हो । विद्यालय, कलेज, रेष्टुरेण्ट, बार, नाइट क्लब, जिम सेन्टर, सपिङ मलहरु भने बन्द गर्ने नीति छ ।

निजी सवारी साधन पनि जोर-विजोर नम्बर लागु गरी खुला गर्ने तयारी छ ।

टिप्पणीहरू