मधेसमा क्षतिपूर्ति लिन सकेन एमालेले

मधेसमा क्षतिपूर्ति लिन सकेन एमालेले

मधेसमा नेकपा एमालेलाई खासै प्रगति नहुने देखिएको छ । चुनावअघि भ्याइनभ्याई हेलिकप्टरमा गएर तामझामका साथ बिभिन्न पार्टीका नेता-कार्यकर्ता प्रवेश गराएको एमालेलाई मधेसमा सोचेजस्तो परिणाम हात लाग्ने संकेत देखिएको छैन ।

एमालेले मधेसमा आफ्नो गुमेको छवि सुधार्न निकै सम्पूर्ण शक्ति लगाएको थियो । नेताहरुले मधेसबाटै पार्टी फुटको पुर्ताल गर्ने दाबीसमेत गरेका थिए । मधेसकोविभिन्न पालिकाका नतिजा सार्वजनिक भैरहँदा एमाले अध्यक्ष केपी ओलीले जिल्ला-जिल्ला पुगेर आफ्नो पक्षमा माहोल बनाउन गरेको प्रयास खासै सार्थक नहुने देखिएको हो ।

मधेसको भोटिंग ट्रेण्ड हेर्दा एमालेलाई यसअघि जितेका १८ स्थानीय तह जोगाउनै चुनौती खडा भएको छ । सर्लाहीमा मात्रै एमालेले ३ तह गुमाउने प्रारम्भिक संकेत आएको छ । अघिल्लो चुनावमा उसले यहाँका चारवटा पालिका जितेको थियो । यसपटक अहिलेसम्म मतगणना भएका १९ पालिकामध्ये हरिवनमा मात्र अग्रता बनाएको छ ।सर्लाहीमा नेपाली कांग्रेसले भने विगतको विरासत फर्काउने सम्भावना बढेको छ । ०७४ को चुनावमा जम्मा पाँच तह जितेको कांग्रेसले यसपटक २ वटा पालिकामा जित र ११ वटामा अग्रता लिएको छ । अघिल्लो चुनावमा तीन तह जितेको माओवादी केन्द्रले यसपटक पनि एउटा जित र २ पालिकामा अग्रता बनाएको छ ।

सर्लाहीमा मधेसवादी दलले भने अपेक्षाकृत परिणाम ल्याउने संकेत देखिएको छैन । हालसम्म जनता समाजवादी पार्टी (जसपा) ले तीन र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले १ तहमा अग्रता लिएका छन् । राजेन्द्र महतो र महन्थ ठाकुरको गृहजिल्ला समेत रहेको सर्लाहीमा लोसपाको उपस्थिति कमजोर हुने भएको हो ।

यस्तो छ मत परिणामको अवस्था :

कांग्रेसले जितेको तह
धनकौल गाउँपालिका : अध्यक्ष – रामआश्रम साह – ४४७७,उपाध्यक्ष – अकली सहनी – ४५०५

हरिपुर नगरपालिका : प्रमुख – गोपाल पन्जियार – ६९३८, उपप्रमुख – निलमदेवी राय यादव – ५५८३

दुवै पालिकामा माओवादी केन्द्र प्रमुख प्रतिद्वन्द्वी रहेको छ ।

माओवादीले जितेको तह

रामनगर गाउँपालिका : अध्यक्ष – राजाबाबु यादव -४०८१, उपाध्यक्ष – गीतादेवी – ३५२३

यहाँ कांग्रेस प्रमुख प्रतिद्धन्द्वी रहेको छ ।

काँग्रेसको अग्रता

इश्वरपुर नगरपालिका,
कविलासी नगरपालिका,
कौडैना गाउँपालिका,
चन्द्रनगर गाउँपालिका,
पर्सा गाउँपालिका,
ब्रम्हपुरी गाउँपालिका,
मलंगवा नगरपालिका,
लालबन्दी नगरपालिका,
हरिपुर नगरपालिका,
हरिपुर्वा नगरपालिका

माओवादीको अग्रता

रामनगर गाउँपालिका,
बागमती नगरपालिका,
बलरा नगरपालिका

जसपाको अग्रता

चक्रघट्टा गाउँपालिका ,
बसवरिया गाउँपालिका,
विष्णु गाउँपालिका

एमालेको अग्रता
हरिवन नगरपालिका

लोसपाको अग्रता
गोडैटा नगरपालिका

टिप्पणीहरू