थोरै ठाउँमा उठाएर पनि कलम केही ठाउँमा विजयी

थोरै ठाउँमा उठाएर पनि कलम केही ठाउँमा विजयी

माधव नेपाल,झलनाथ खनाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले झिनो नै सही सबै प्रदेशमा थोरै उम्मेदवार उठाएर पनि जीतको हिसाबले ठीकै उपस्थिति देखाएको पाइएको छ ।

हालसम्मको परिणामअनुसार सात वटा प्रदेशका ३७ वटा जिल्लामा समाजवादीले दुई प्रमुख,सात उप–प्रमुख,७४ वडाध्यक्ष,२८० वडा सदस्य गरी ३६३ पद जितेको छ । सुदूरपश्चिम प्रदेशको अछाम,बझाङ, डडेलधुरा र डोटीका गाउँपालिकामा नेकपा एसका उम्मेदवार विजयी भएका छन् ।

कर्णालीको डोल्पा, दैलेख,जुम्ला,मुगु, हुम्ला,कालीकोट, जाजरकोट,सल्यानमा पनि समाजवादीकै उम्मेदवार निर्वाचित भएको उक्त पार्टीका उपमहासचिव गङ्गालाल तुलाधरले बताए ।

लुम्बिनीको रूपन्देही र गुल्मीमा पनि समाजवादीको उपस्थिति देखिएको छ । गण्डकीको बाग्लुङ र मुस्ताङमा नेकपा एसका केही प्रतिनिधि बिजयी भएका छन् । बाग्मतीको सिन्धुपाल्चोक, दोलखा,धादिङ, काठमाण्डौं,काभ्रे, नुवाकोट र ललितपुरका केही पालिकाको वडामा समाजवादीले विजय हासिल गरेको उनको दावी छ ।

मधेशको रौतहट, सर्लाही,धनुषा, सप्तरी,सिरहा र बारामा पनि नेकपा एसले उपस्थिति देखाएको बताइन्छ ।

टिप्पणीहरू