दक्षिणकालीमा कांग्रेस हावी, एमाले दुई वडामा खुम्चियो

दक्षिणकालीमा कांग्रेस हावी, एमाले दुई वडामा खुम्चियो

काठमाडौंको दक्षिणकाली नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

नगर प्रमुखमा कांग्रेसका मोहन बस्नेतले एमालेका श्रीराम आचार्यलाई दुई हजारभन्दा बढी मतले पराजित गरेका हुन् । बस्नेतले ७२०० मत ल्याए भने एमालेका आचार्यले ५२०० भोट पाएका छन् ।

त्यस्तै, उपप्रमुखमा कांग्रेसकी बसन्ती तामाङ विजयी भएकी छन् । उनले ७६०० मत पाइन् । बस्नेत र तामाङ अघिल्लो निर्वाचनमा पनि विजयी भएका थिए ।

नगरपालिकामा कांग्रेसले गठबन्धन गरेको थियो । कांग्रेसले ६ वटा वडामा जितेको छ भने एमालेले दुई र माओवादी केन्द्रले वडा नम्बर ८ जितेको छ ।

टिप्पणीहरू