कतै एमाले र काँग्रेस, कतै माओवादी विजयी

कतै एमाले र काँग्रेस, कतै माओवादी विजयी

मुस्ताङको थासाङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार प्रदीप गौचनले एक हजार १४४ मत र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार सोमल हिराचनले एक हजार ११२ मत ल्याएर विजयी भएका छन् ।

उनीहरुका निकटतम प्रतिद्धन्दी अध्यक्षमा काँग्रेसका उम्मेदवार बालकुमारी शेरचनले एक हजार ५५ र उपाध्यक्षमा एमालेका उम्मेदवार सुमिता शेर्पाले एक हजार ८० मत प्राप्त गरेका हुन् ।

त्यसैगरी दैलेखको नौमूले गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार छबिराम सुवेदी विजयी भएका छन् । उनले तीन हजार २०० मत ल्याएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका भदे बुढा मगरले दुई हजार ५४४ मत प्राप्त गरेका हुन् ।

उता बझाङको साइपाल गाउँपालिकामा नेकपा (एमाले) का मानबहादुर बोहराले ६७५ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका छन् । बोहोराका प्रतिद्वन्दी नेपाली काँग्रेसका उज्वल बोहोराले ६१३ मत ल्याएर पराजित भएका छन् ।

त्यस्तै उपाध्यक्षमा पनि एमालेको डोल्मा तामाङ ६७५ मतसहित विजयी भएका छन् । प्रतिस्पर्धी काँग्रेसको बाटु बोहराले ६१९ मत प्राप्त गरे पनि पराजित भएका हुन् ।

दैलेखको गुराँस गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार टोपबहादुर बिसीले ४ हजार एक सय २० मतका साथ विजयी भएका छन् । बिसीका प्रतिद्धन्दी निवर्तमान अध्यक्षसमेत रहेका काँग्रेस दैलेखका सचिव खेमराज वलीले ३ हजार ७ सय ७५ मत प्राप्त गरेका थिए ।

टिप्पणीहरू