सशस्त्रका निवर्तमान आईजीपी चुनाव सकिनासाथ अमेरिकामा प्रकट

सशस्त्रका निवर्तमान आईजीपी चुनाव सकिनासाथ अमेरिकामा प्रकट

सशस्त्र प्रहरी बलका निवर्तमान महानिरीक्षक शैलेन्द्र खनाल हिजो अमेरिका पुगेका छन् । ४ बर्षको कार्यकाल सकाएर गत चैत २७ गतेदेखि अनिवार्य अवकाश पाएका उनी अब केही समय उतै रहेका परिवारसँग बस्ने भन्दै गएका हुन् ।

अमेरिकी विमानस्थलमा उनलाई रिसिभ गर्न परिवारका सदस्यहरु हातमा फूलको बुके बोकेर पुगेका थिए । श्रीमती खनालको अमेरिकामा स्थायी आवासीय सुविधा (पीआर) पहिले नै मिलाइएकाले उनी श्रीमान महानिरीक्षक भएको अवधिमा पनि नेपालमा भन्दा उतै बढी बसेकी थिइन् ।

यसअघि सशस्त्रका कुनै पनि कर्मचारीको एकाघर परिवारको विदेशी ग्रिनकार्ड वा पीआर भएमा संगठनलाई जानकारी गराउनुपर्ने नियम बनाइएको थियो ।

तर,दुर्जकुमार राईको पालामा खनाललगायतका हाकिमहरुले उक्त नियमलाई संशोधन गराएर धुलोपिठो बनाएको परिणाम अहिले देखिएको भन्दै हलचोकका वातानुकूलित कोठाहरुमा चर्चा हुन थालेको छ ।

टिप्पणीहरू