माधव नेपालको गृहनगरमा माधवकै वर्चश्वको संकेत

माधव नेपालको गृहनगरमा माधवकै वर्चश्वको संकेत

नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको गृहजिल्ला रौतहटका केही स्थानीय तह र गृहनगर गौरमा समेत उक्त पार्टीका उम्मेदवार विजयी हुने सम्भावना देखिएको छ ।

गौरस्थित एकीकृत समाजवादीका एक जना नेताका अनुसार अहिले जिल्लाका १२मध्ये १० वटा पालिकामा मात्रै मतगणना भइरहेको छ । दुई वटामा कर्मचारी खटाउने विषयमा देखिएको विवादका कारण मत गन्न नसकिएको हो ।

उनै नेता भन्छन्, ‘गौरको मेयरमा शम्भु साहले जित्ने पक्का छ । गरुडामा पनि हामी जित्ने स्थितिमा छौं । अन्य पालिकामा समेत अवस्था सुदृढ रहेको प्रारम्भिक मत परिणामले देखाएको छ ।’

टिप्पणीहरू