कार्यकर्ताद्वारा कांग्रेस केन्द्रीय सदस्यको कुटाइ

कार्यकर्ताद्वारा कांग्रेस केन्द्रीय सदस्यको कुटाइ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सन्चार राज्यमन्त्री गोविन्दबहादुर शाहलाई आफ्नै कार्यकर्ताले हात हालेका छन् । स्थानीय तह निर्वाचनमा साँफेबगर नगरपालिकाको बाव्लामा हुलहुज्जत भएपछि निर्वाचन आयोगले उक्त स्थानको निर्वाचन रद्द गरेसङ्गै आक्रोशित काँग्रेस कार्यकर्ताले शाहमाथि निर्वाचन आयोगलाई प्रभावित गर्न नसकेको भन्दै पार्टी कार्यालयभित्र थुनेर कुटेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । बाव्लामा नेपाली काँग्रेस र नेकपा समाजवादी मिलेका छन् । बाब्ला मतदान केन्द्रमा भएको निर्वाचन सदर गर्न नसक्नेलाई नेता मान्न सकिन्न भन्दै भीमबहादुर कॅुवरको नेतृत्वमा गएका कार्यकर्ताले हात हालेपछि शाह मुस्किलले पार्टी कार्यालयबाट निस्किएका छन् । आक्रोशित कार्यकर्ताले साँफेबगरको क्षेत्रिय पार्टी कार्यालयभित्र रहेका कुर्ची,टेबल समेत तोडफोड गरेका छन् ।

टिप्पणीहरू