संक्रमित र संक्रमणमुक्त हुनेको संख्या उस्तै

संक्रमित र संक्रमणमुक्त हुनेको संख्या उस्तै

पछिल्लो २४ घण्टामा मुलुकभर सात जना कोरोना संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार एक सय ८८ जनामा परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा १५ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर कोरोना संक्रमण निको हुने दर ९८ दशमलव ८ प्रतिशत छ । अझै एक सय ४२ जना सक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा छ जना नयाँ संक्रमित फेला परेका छन् । ललितपुर र भक्तपुरमा संक्रमित थपिएका छैनन् । काठमाडौंमा सक्रिय संक्रमितको संख्या ३५ जना पुगेको छ । भक्तपुरमा सक्रिय संक्रमित छैनन् भने ललितपुरमा १२ जना छन् ।

संक्रमणका कारण आज कसैले पनि ज्यान गुमाउन परेको छैन । हालसम्म कोरोनाका कारण ११ हजार नौ सय ५२ जनाकोे ज्यान गएको छ ।a

टिप्पणीहरू