भद्रपुरमा कांग्रेसको पछिपछि एमाले

भद्रपुरमा कांग्रेसको पछिपछि एमाले

एमाले अध्यक्ष केपी ओलीको गृहजिल्ला झापाको भद्रपुर नगरपालिकामा नेपाली कांग्रेसले प्रारम्भिक अग्रता लिएको छ । हालसम्मको मत परिणामअनुसार नगरप्रमुखमा कांग्रेसका उम्मेदवारले दुई हजार १२२ मतसहित अग्रता बनाएका हुन् ।

एक हजार ६३४ मतका साथ एमाले दोस्रो स्थानमा छ भने राप्रपाले एकहजार ४६७ मत प्राप्त गरेको छ ।

नगर उपप्रमुखमा माओवादी केन्द्रले अग्रता बनाएको छ । माओवादी उम्मेदवारले एक हजार ९५० मत प्राप्त गर्दा एमाले एक हजार ५६७ भोटसहित दोस्रोमा छ । तेस्रो स्थानमा रहेको राप्रपाले एक हजार ५०७ मत पाएको छ ।

अहिले गणना भैरहेको वडा नम्बर २ मा पनि कांग्रेसले नै अग्रता कायम गरेको छ । एक हजार ७४ मतसहित कांग्रेसका वडाध्यक्षका उम्मेदवार शीर्ष स्थानमा छन् । एमालेले ९१७ र राप्रपाले ७४३ मतसहित कांग्रेसलाई पछ्याइरहेका छन् ।

टिप्पणीहरू